News

पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकमाथि अमेरिकी महिलाले लगाइन् दुष्कर्मको आरोप

पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकमाथि अमेरिकी महिलाले लगाइन् दुष्कर्मको आरोप

इस्लामाबाद। अमेरिकी महिला पत्रकारले पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकमाथि दुष्कर्मको आरोप लगाएकी छन्।

अमेरिकी महिला पत्रकारको नाम सिन्थिया डान रिची रहेको छ। सिन्थिया डान रिचीले आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गरी भनिन्, 'पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकले इस्लामाबाद स्थित प्रेसिडेन्ट हाउसमा मेरो साथ दुष्कर्म गरेका थिए।

पाकिस्तानका पूर्व प्रधानमन्त्री युसूफ रजा गिलानी र उनका पार्टीका केही नेताहरूले मलाई मानसिक रूपमा प्रताड़ित पनि गरेका थिए'।

उनले भनिन्, '2011 मा एक कार्यक्रमको निम्ति मलई पाकिस्तानको राष्ट्रपति भवन बोलाइएको थियो। भीसालाई लिएर कुराकानी गर्न मलाई बोलाइएको हो भन्ने लाग्यो। म त्यहाँ पुग्दा मलाई बुके दिइयो। फेरि मलाई ड्रिङ्क्समा ड्रग्स मिस्याएर दिइएको थियो।

त्यस समय त्यहाँ पीपीपी (पाकिस्तान पीपल्स पार्टी) को सरकार थियो। यस्तोमा म पीपीपीका नेताहरूको कससित शिकायत गर्थे, उनीहरूले मेरो सहायता कहिले पनि गर्नेथिएनन्'। रिचीले आफ्नो बयानमा यो पनि भनिन्, 'यस मामिलाको जाँच हुनुपर्छ, मसित धेरै साक्ष्य छन् औं खाँचो परेमा सबै सामू पेश गर्न सक्छु।

पीपीपीका नेताले मलाई धमकी दिनेगर्थे, यसैले अहिलेसम्म यो कुरा दुनिया सामू ल्याउन सकिन तर अब संसारले यो कुराबारे थाहा पाउने समय आएको छ'। हिन्दुस्थान समाचार/भवानी

विशेष