News

मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषको पोजेटिभ देखिएको छ । यस्तै कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा इलामका एक जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका एकजना पुरुष र सप्तरीका ६ जना रहेका छन् । सप्तरीका ६ जना मध्ये ५ जना पुरुष र एकजना महिला संक्रमति रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा ३० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये २४ जना चितवनका ४ जना महिला र २० जना पुरुष, नवलपुरका ३ जना मध्येएकजना महिला र २ जना पुरुष, धादिङकी एकजना महिला, कपिलवस्तुकी एकजना महिला र सप्तरीकी एकजना महिला रहेकी छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये म्याग्दीका एकजना, नवलपुरका १२ जना पुरुष र बाग्लुङका ११ जना पुरुषहरु रहेका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा ४१ जनाको पोजेटिभ दखिएको छ । उनीहरु मध्ये धनुषाका २ जना महिला र १९ जना पुरुष गरी २१ जना रहेका छन् । यस्तै महोत्तरीका एकजना महिला र १८ जना पुरक्ष गरी १९ जना र सर्लाहीका एकजना पुरुष रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै दाङका पुरुषहरु रहेका छन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये बाँकेका २ जना महिला र ७ जना पुरुष रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये एकजना पुरुष र एकजना महिला छन् ।

यस्तै सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपन्छी रोग अन्वेशण प्रयोगशालमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरु सल्यानका १२ र सुर्खेतका ४ जना छन् । यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।उनीहरु दार्चुलाका १० जना पुरुष, कन्चनपुरका १९ जना, डडेल्धुराका ७ जना र कैलालीका एकजना रहेका छन् ।

यस्तै प्रादेशिक अस्पताल रुपन्देहीमा २२ जनाको पोजेटिभ देखिएहो स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।उनीहरु मध्ये रुपन्देहीका २० जना पुरुष र कपिलवस्तुका २ जना पुरुष रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु मध्ये २४ जना धनुषा, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ जना र सिराहाका १२ जना रहेका छन् । डा गौतमका अनुसार इलाममा पनि संक्रमित भेटिएसँगै हालसम्म नेपालका ७२ जिल्लामा कोरोना भाइसरसको संक्रमण फैलिएको छ ।

विशेष