News

सगरमाथाको चुचुरोमा चिनियाँ दाबी

सगरमाथाको चुचुरोमा चिनियाँ दाबी


 

पछिल्लो समय चीनले हिमालय हटस्पटहरुमा अतिक्रमण जारी राखेको छ । भारतसँगको सीमा क्षेत्रमा आँखा गाडिरहेको चीनले नेपालमाथि पनि आफ्नो हस्तक्षेप कायम गरेको छ । यही क्रममा चीनले  विश्वको सर्वोच्च शिखर सगरमाथामा आफ्नो दाबी गरिरहेको छ ।

विश्वको सर्वोच्च शिखर नेपालमा पर्छ भन्‍ने सर्वव्यापी मान्यता र विभिन्‍न प्रमाणहरु भए पनि चीनले भने सगरमाथाको शिखरलाई सीमा भनेर बताइरहेको छ । सगरमाथालाई तिब्बततर्फ चोमोलोङ्‍मा भनिए पनि नेपालतर्फको भागलाई भने सगमाथा नै भन्‍ने गरिन्थ्यो । तर, नेपालतर्फको रहेको सगरमाथालाई पनि चीनले चोमोलोङ्‌मा नामाकरण गरेको छ ।

यसअघि चीनले सगरमाथाको चुचुरोमा पुगेर उचाई मापन गर्नुका साथै ५जी स्थापना समेत गरेको छ । जून १५ मा भारतमाथि आक्रमण गरेको चीनले पछिल्ल समय जीपीएस नै परिवर्तन गरेर भारत र नेपालको सीमामा आफ्नो दाबी कायम गरिरहेको छ ।

चीनले नेपाल-चीन र भारत-चीन सीमा क्षेत्रमा सैन्य संरचनाहरु बनाउनुका साथै सैन्य उपस्थितिसमेत बढाइरहेको छ । नेपालको सगरमाथामा चीनले आफ्नो दाबी गरिरहँदा पनि नेपालका राजनीतिज्ञ र सरकार सञ्‍चालकहरु भने सत्ता खेलमा व्यस्त छन् ।

 

 

विशेष