News

राष्ट्रिय एकता अभियान ले सुनसरी माँ गर्यो बिरोध प्रदर्शन

राष्ट्रिय एकता अभियान ले सुनसरी माँ गर्यो बिरोध प्रदर्शन

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले चीन र पाकिस्तानविरूद्द प्रदर्शन गरेकाे छ। अभियानले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ।

अभियानले सुनसरीकाे इनरूवामा एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे छ। महासंघले र्यालीपछि काेण सभा गर्दै इमरानविरूद्द चर्काे नाराबाजी गरेकाे हाे।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले अापत्ति जनाएकाे हाे।

अभियानका एक कार्यकर्ताले भने,' पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।'

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो । ा

त्यस्तै अभियानले पछिल्लाे समय चीनले नेपालकाे भूमि अतिक्रमण गरिरहेकाे अाराेप लगाएकाे छ। साेही क्रममा अभियानका एक कार्यकर्ताले भने, 'रूइ गाउँ नेपालकाे नै भएकाे यथेष्ठ प्रमाण हुँदा पनी चीनले कब्जा गरेकाे छ, याे नेपाललाइ सहन्य हुँदैन।

विशेष