विदेश

कोरोना नियन्त्रणमा इमरान खान विवेकहीन र अस्थिर

कोरोना नियन्त्रणमा इमरान खान विवेकहीन र अस्थिर


 

नयाँ दिल्ली । कोरोना भाइरस महामारी नियन्त्रणमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान विवेकहीन र अस्थिर बनेका छन् । उनका समर्थकहरुले समेत उनीको विवेक र क्षमतामाथि प्रश्‍न गरिरहेका छन् ।

मुलुकमा कोरोना भाइरसले व्यापक रुप लिँदै गएपछि उनीमाथि नै प्रश्‍न उठ्न थालेको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्या तिलक देभेश्वरले बताए । डिप्लोम्याटमा प्रकाशित उनको लेखमा भनेका छन्, " प्रधानमन्त्री इमरान खानका विगतमा केही महिनादेखिका केही घटनाहरुले कोरोना नियन्त्रणमा निराशा देखिएका छन् । सरकारले कोरोना नियन्त्रणमा कुनै ठोस निर्णय गर्न सकेको छैन भने कहिलेसम्म नियन्त्रणमा आउँछ र कसरी अघि बढ्ने भन्‍ने कुनै आंकलनसमेत गरिएका छैनन् ।"

प्रधानमन्त्री खानले कोरोना भाइरसलाई एक सामान्य फ्लूको रुपमा लिएका छन् । तर, उनले यसलाई गम्भीररुपमा नलिएको बताइएको छ ।

उनले भनेका छन्, "कोभिड-१९ महामारीबाट पाकिस्तान मुक्त हुने कुनै संकेत नदेखिनु गम्भीर विषय हो । चिन्ताजनक स्थितिको संकेत देखिँदैछ । पाकिस्तानमा कोरोना परीक्षण गरिएकाहरुमध्ये २० प्रतिशतमा कोरोना पोजेटिभ देखिरहेको छ । यो विश्वकै तेस्रो ठूलो कोरोना वृद्धि हो ।"

उनले प्रधानमन्त्री इमरान खानले विश्व स्वास्थ्य संगठनको मापदण्डलाईसमेत अस्वीकार गरेका छन् । पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ४७ हजार ८०३ पुगेको छ भने ५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा सबैभन्दा बढी एक लाखभन्दा बढी संक्रमित छन् भने पञ्‍जालमा ८४ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

 

विशेष