News

 माफियाभन्दा कम छैन चीन, कोरोना संकटको फाइदा उठाउँदै 

 माफियाभन्दा कम छैन चीन, कोरोना संकटको फाइदा उठाउँदै 

अहिले चीनबाट सन् २०१९ मा सुरु भएको नोभेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । सयौंदिनसम्मको लकडाउनका कारण विभिन्‍न मुलुकको अर्थतन्त्र तहसनहस भएको स्थिति छ । कोरोना महामारीको सबैभन्दा पहिलो निशाना बनेको मुलुक इटालीमा मेडिकल उपकरणको वितरण तथा कोरोना संक्रमितको उपचारका लागि अथवा परामशर्का लागि भनेर चिनियाँहरु त्यहाँ पुगेका थिए । 

"माफियाका लागि महामारी ठूलो अवसर बनेको छ । यदि तपाईंलाई भोक लागेको छ भने तपाईंलाई रोटी आवश्यक छ । तपाईं हेर्नुहुन्‍न कि त्यो कुन तावामा पाकेको हो र यो कसले वितरण गरिरहेको छ । त्यसैगरी तपाईंलाई औषधि आवश्यक छ भने पनि तपाईं पैसा तिर्नुहुन्छ र त्यो औषधि खरिद गर्नुहुन्छ । तपाईं हुर्नुहुन्‍न कि त्यो कसले बेचिरहेको छ । यही बाध्यात्मक स्थितिलाई ध्यानमा राखेर इटाली लगायतका कोरोना आक्रान्त मुलुकमा चिनियाँ माफियाहरु सक्रिय भएका छन्," इटालीको एन्टि-माफिया मजिस्ट्रेट र प्रहरी कार्यालयले भनेको छ ।

यही मौकामा माफियाहरुले कोरोनाले ध्वस्त बनेका मुलुकहरुमा अवैध धन ल्याएर वैध व्यापारहरु गरिरहेका छन् । फोहोर व्यवस्थापन, यातायात, बहुसेवा कम्पनी, सरसफाईं, तेल र खाद्यान्‍न, मेडिकल उपकरणहरुलगायतको व्यापार गरिरहेका छन् । जुन अहिले कोरोना महामारीका कारण अत्यावश्यक तर त्रासले गर्दा अधिकांश व्यवसाय ठप्प भएको अवस्थामा उनीहरुले सेवा दिइरहेका छन् । 

वास्तवमा उनीहरुले अहिले खाली ठाउँ भरेर आफू स्थापित हुने ध्याउन्‍नमा लागिरहेका छन् । उनीहरुले विभिन्‍न समस्यामा परेका कम्पनीहरुलाई शेयर किनेर नगद दिइरहेका छन्, जागिर गुमाएकाहरुलाई नगद उपलब्ध गराइरहेका छन् र जुन उनीहरुले तिर्न नसक्ने मुल्यमा घरसम्पत्ति किन्‍ने काम गरिरहेका छन् । 

विगत १०-१५ वर्षदेखिको यो नयाँ गतिविधिहरु देखिन थालेका छन् । इटालीको सबैभन्दा बढी प्रभावित भएको बेरगामो प्रान्तमा वैध माफियाको बिगबिगी बढेको छ । यो स्थिति निरन्तर रहेका कोरोना महामारी अन्तपछि थप ठूलो संकट पैदा हुने निश्‍चित छ । 

इटालीबाहेकका युरोपेली मुलुकमा समेत यस्ता गतिविधिहरु सञ्‍चालन भइरहेका छन् । फोर्ब्स पत्रिकाका अनुसार चीनले फेसन, लक्जरी कम्पनी, हाइ-टेक उत्पादनहरु, मनोरञ्‍जन र फुटबल टिमलाई समेत खरिद  गरेको छ । उनीहरुले मृत्यु भएका व्यक्तिका पासपोर्टहरु बनाएर मानिसहरुले कालो व्यापार सञ्‍चालन गरिरहेका छन् । 
 

विशेष