News

बाराको जीतपुरमा प्रधानमन्त्री ओली र पाकिस्तान सरकारविरुद्ध प्रदर्शन

बाराको जीतपुरमा प्रधानमन्त्री ओली र पाकिस्तान सरकारविरुद्ध प्रदर्शन

बारा : प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिबारे राष्ट्रिय एकता अभियानले बाराको जीतपुरमा विरोध प्रदर्शन गरेको छ । साथै राष्ट्रिय एकताले पाकिस्तान सरकारविरुद्ध पनि प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा अयोध्या नेपालमा पर्छ र राज नेपाली हुन भनि दिएको अभिव्यक्तिको विरोधमा जीतपुरमा विरोध प्रदर्शन गरिएको हो ।

अभियानका केन्द्रीय सदस्य राजा गिरीको नेतृत्वमा प्रधानमन्त्री ओलीले अयोध्यामाथि दिएको तथ्यहिन वक्तव्य र पाकिस्तान सरकारद्वारा भत्काइएको हिन्दू मन्दिरको विरोधमा बिहीबार विरोध प्रदर्शन गरिएको हो ।

जीतपुरमा राष्ट्रिय एकता अभियानका जीतपुर संयोजक सुबोध गुप्ता र सहसंयोजक हरिचन्द्र पासवानको नेतृत्वमा बिरोध रैली सम्पन्न भएको छ। सो बिरोध रैली मा अभियान का केंद्रीय सदस्य राजा गिरीजीले पाकिस्तान सरकार र प्रधानमन्त्री ओलीलाई खबरदारी गराउँदै विरोध गरेका थिए ।

यसअघि पनि राष्ट्रिय एकता अभियान पर्साले अमेरिकी मिलेनियम च्यालेन्ज कोर्पोशन (एमसीसी) सम्झौता र परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धि दिएको गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्जमा पर्दशन गरिएको थियो ।

प्रदर्शनका क्रममा एमसीसी खारेजी र परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामाको माग गरेका थिए ।

विशेष