प्रधानमन्त्री ओलीको कारण भारतमा नेपालको 'सोसल एस्सेट' गुम्दै गएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी अहिले भारतमा मजाकको विषय बनेको छ । प्रधानमन्त्री ओलीले राम जन्मिएको अयोध्या चितवनको ठोरीमा रहेको बिबादीत तर्क गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख २८ गते उस्तै कपडामा सजिएर राम भारतको अयोध्यामा जन्मेको र सीता नेपालमा जन्मेको मन्तव्य दिएका थिए । ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए। तर अहिले ओलीले दिएको वक्तव्यको विरोध भएको छ ।
उनको पटक पटकको विवादित वक्तव्यबाजीले नेपाल र भारतबीच शताब्दीऔंदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई समेत विवादित बनाइदिएको छ।उनको अभिव्यक्ति नेपालभित्रका बौद्धिक समुदाय, राजनीतिकर्मी, पत्रकार, तथा सामाजिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिको बिरोध गरेका छन्। भारतमा भने ओलीको अप्रासंगिक र अनुपयुक्त अभिव्यक्तिहरुलाई कार्टुन तथा मजाकको बिषय बनाउँन थालिएको छ।
ओलीले यसअघि पनि संसदको रोस्टमबाट प्रधानमन्त्री ओलीले भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरे ओलीले संसदमा चीनको भन्दा भारतबाट आएको कोरोनाभाइरस खतरनाक भन्ने समेत दावी गर्न भ्याए। गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेका र त्यसमा नेपालकै नेताहरु समेत संलग्नता रहेको बताए । राष्ट्रपति माथि महाभियोग लगाउने तयारी भैरहेको छ भने हल्का टिप्पणी पनि गरे । यतिमात्र होइन नेपालीको इम्युनिटी पावर धेरै छ कोरोना संक्रमण बढिरहेका बेला ओलीले संसद्मा कोरोना अदुवा र बेसार पानीले निको हुन्छ भन्दा सर्वत्र आलोचित बने । आदिकवि भानुभक्तको जन्मजयन्तीको प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भारतको अयोध्या त नक्कली हो । भारतले नेपालको संस्कृति माथि अतिक्रमण गरेको छ । जस्ता बिबादास्पद तर्क अघि सार्दै भारतीय जनतालाई समेत ओलीले तरङ्गीत बनाइदिए ।
भारतसँगको जनस्तरको सम्बन्धमा समेत एकपछि अर्को प्रहार गर्दै आएका ओलीले नेपाललाई रुचाउने भारतीय जनतासमेत उत्तेजित बनाउने काम भइरहेको छ। यस्ता अभिव्यक्तिले राजनीतिक ईख नेपाल प्रतिको सोच भारतको जनस्तरमा समेत फैलिने खतरा छ । देशको प्रधानमन्त्रीको यस्तो तथ्यहीन आरोपहरुले उनको विश्वसनीयता मात्र गुमेको छैन नेपालीप्रतिको सेन्टिमेन्टमै प्रहार हुने खतरा बढेको छ।