कोरोनासँगै पहिरो पीडितलाई राहत

कोरोनासँगै पहिरो पीडितलाई राहत


गण्डकी। मुस्ताङको लोमन्थाङस्थित पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड–१९ र प्राकृतिक विपत्तिमा परेकालाई राहत प्रदान गरेको छ ।     लोमन्थाङ गाउपालिका–३ मा स्थायीरुपमा सञ्चालन भई हिउँदको समयमा पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको छ  ।

प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिका ३२ लामे आहालस्थित राधाकृष्ण वृद्धाश्रम र पोखरा महानगरपालिका–२६ स्थित पैते डाडा पहिरो पीडितसमेतलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । पोखरा २६ पैते डाडाका पहिरो पीडित करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पोखरा महानगरपालिका–२६ का वडाअध्यक्ष नारायण बरालले आभार व्यक्त गर्नुभयो ।

 पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङले स्कुलका तर्फबाट कोरोना महामारी पीडितका साथै बाढी पहिरो पीडितलाई सहयोग गरिएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आँफूहरूले राहत तथा सहयोग गरेको उल्लेख गर्नुभयो ।(रासस)
 

संम्बधित खबर

विशेष