पहिराले घर भत्कियो
टिस्टुङ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ४ फाखेलमा गए राति माथिबाट खसेको पहिरामा परी एउटा घर भत्किएको छ । पहिराले घरको आधा भाग पुरिएको छ । फाखेल राकसखोलाका दीपककुमार मोक्तानको घर पहिरामा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो । पहिरामा परी घर क्षति हुनुका साथै साढे दुई लाख बराबरको सामान नष्ट भएको उहाँले बताउनुभयो ।
पहिराको डरले घरमा राति कोही नबसेका कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । उक्त घरमा मोक्तानले कस्मेटिक पसल सञ्चालन गर्दै आएका थिए ।(रासस)