विदेश

 संयुक्त राष्ट्र संघको पुनर्संरचनाको आवश्यकता भएको भारतीय प्रधानमन्त्री मोदीको जोड

 संयुक्त राष्ट्र संघको पुनर्संरचनाको आवश्यकता भएको भारतीय प्रधानमन्त्री मोदीको जोड

नयाँ दिल्ली । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको पुनर्संचना गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको उच्चस्तरीय हिस्सा मानिएको आर्थिक र सामाजिक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उक्त बैठकमा विभिन्न मुलुकका प्रतिनिधिहरु, निजी क्षेत्र, नागरिक समाज र बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएपछि प्रधानमन्त्री मोदीले राष्ट्र संघको बृहत सभालाई सम्बोधन गरेको यो पहिलो पटक हो । यस वर्षको उच्च-स्तरीय समितिको मुख्य नारा कोभिड-१९ पछिको बहुपक्षीयता रहेको थियो ।

प्रधानमन्त्री मोदीले विश्वव्यापी सद्भाव, समाजिक-आर्थिक समाता र प्राकृति सन्तुलन कायम गराउन प्रतिबद्ध रहेकोसमेत बताएका थिए । उनले संयुक्त राष्ट्र संघको एजेण्डाका लागि कार्यान्वयनका लागि पूर्ण समर्थन र आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले विश्वभरका १५० भन्दा बढी मुलुकमा स्वास्थ्य सामग्री र आवश्यक अन्य सहयोग पुर्याउनुपर्नेसमेत बताएका थिए ।


विशेष