पहिराले पुरिएर एकको मृत्यु
काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ ।गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।
कार्कीका अनुुसार, आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए , त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।(रासस)