भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने - नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ
काठमाडौं । सयुक्तं भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ ।त्यसैगरी नेपाल-भारतको मैत्री सम्बन्ध सदियौं पुरानो भएकोले दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता र भौगोलिक समान्ता र निर्भरता माथि आधारित भएको जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, हाम्रो सम्बन्ध जनस्तरसँग जोडिएको छ । हामी भारतीय भूपू सैनिकहरुको लागि दुबै देश बन्दनीए छन् । त्यसकारण यो सदियौं पुरानो सम्बन्धलाई अझै बलियो बनाउन नेपाल सरकारसँग अनुरोध गर्न चाहान्छौं । कोभिड-१९ महामारीकै समयमा पुरानो सीमा विवादलाई लिएर दुई देश बिच जो तिक्तता देखा परेको छ यसले यस महासंघमा आबद्ध एक लाख पचास हजार भूपू। सैनिक तथा ५० हजार सेवारत भारतीय सैनिक र उनका परिवारहरु निकै चिन्तित रहेको अवगत गराउन चाहान्छौं ।
दुवै देशबीच मित्रता कायम गरी अमनचयन र विकास देख्न चाहेको बताइएको छ । विज्ञप्तिमा थप भनिएको छ, कालापानी, लिम्पियाधुरा सीमा विवाद धेरै पहिला समाधान हुनुपर्ने किनकि सुगौली सन्धि सम्पन्न भएको पनि २०० वर्ष भन्दा धेरै भइसक्यो । जे होस अझैपनि दुई पक्षीय वार्ताबाट यो विवादलाई समाधान गर्न हाम्रो महासंघले सरकारसँग अनुरोध गर्दछ । उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको भूमि कब्जा गरेको भन्ने आएकोले चीनसँग पनि यो विषयलाई उठाएर हाम्रो धर्ती नेपाललाई हस्तान्तरण गर्ने वातावरण दुई पक्षीय वार्ताबाटै बनाउन आवश्यक भएको महासंघले जनाएको छ ।
भारतीय र ब्रिटिश भूपू सैनिकहरुलाई लक्षित गरी तीनीहरुलाई सामाजिक सुरक्षाबाट वन्चित गरिएकोमा महासंघले घोर आपत्ती जनाउँदै सरकारले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको ठिक विपरीत दिशा तिर लागेको र न्यून आय आर्जन हुनेको स्तर उन्नति हुने खाले कुनै योजना नल्याएको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको , बरु जनप्रतिनिधि र तिनै तहका पदाधिकारीहरुको सेवा सुविधा घुमाउरो पाराले वृद्धि गरी गरिब जनताको घाँटी रेटेको र यस्तै दलाल र भ्रष्ट प्रवृत्तिमा अंकुश नलगाए यो महासंघ मुखदर्शक बनेर नबस्ने र सरकारलाई आफ्नो निर्णयमा पुन: विचार गरि यथास्थितिमै सामाजिक सुरक्षा भत्ताको नीति कायम राख्न हार्दिक अनुरोध गर्दछौं ।
यसो नभए पूर्व सैनिकहरु सडकमा देखिने अवस्था श्रीजना हुने चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा भनिएको छ,हामी पूर्व सैनिकहरुलाई सरकारले निवृत्तभरण दिन परेको छैन । त्यो जुन देशको सेवा गर्यो त्यहि देशले दिरहेको छ । हाम्रो निवृत्तभरणमार्फत देशमा एक दिनमा करिब २० करोडको रकम भित्रिएको छ । सेवाको समयमा हाम्रो बेतन पनि देशमा भित्रिने गर्यो । हामीले विदेशको सेवा गरेपनि आफ्नो देशको अर्थव्यवस्थामा बल पुऱ्याउने योगदान गर्दै आइरहेको छौं । आज देशले वृद्ध अवस्थामा पाउने सामाजिक सुरक्षा भत्ता जो कि निम्न मात्र छ, बाट हामीलाई वन्चित गराउँदा हामीले समाजिक भत्ता भन्दा पनि समाजिक सम्मानबाट नै वञ्चित भएको महसुस गरिरहेका छौं ।