विदेश

चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास

चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास

पछिल्लो समय भारत-चीनबीच जुन १५ मा भएको हिंसात्मक झडपपछि दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसैगरी हङकङको सुरक्षा कानुन र कोरोना भाइरसका कारण अमेरिका-चीनबीचको सम्बन्धमा पनि तिक्कता उत्पन्न भइरहेको छ । दुबै मुलुकले चीनविरोधी अभियानहरु सुरु गरेका छन् भने चिनियाँ एप र चिनियाँ टेलिकम्युनिकेसनमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले चिनियाँ प्रविधि मुख्य खतरा रहेको जनाएको छ ।

यही बीचमा चीनलाई निशाना बनाउँदै दुबै मुलुकले संयुक्त जलसेना अभ्यास सुरु गरेका छन् । इण्डियन ओसनमा अमेरिका-भारत संयुक्त नौसेना अभ्यास सुरु भएको हो ।भारतले सैन्य उद्देश्यले जगउर मेरिटाइम लडाकूलाई अन्दामन र निकोबर आर्कीपेलागोमा परिचालन गरेको छ । जहाँ चिनियाँ सामुद्रिक व्यापार रुट भएको जनाइएको छ । स्रोतका अनुसार उक्त क्षेत्रमा १० जगउर स्थापना गरिएका छन् भने एन्टिसिप हारपोन मिसाइल, कार निकोबार एयरबेससहित तैनाथ भएको जनाइएको छ ।

अमेरिकाले हालै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा दुईवटा विमानवाहक पानीजहाजसहित सैन्य अभ्यास गरेको थियो । यस क्षेत्रमा अमेरिकी दाबी नभएपनि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि सैन्य अभ्यास गरेको बताएको थियो ।चीनले अमेरिकी दाबी नभएको क्षेत्रमा अमेरिकी सैन्य अभ्यास हुनु आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य भएको बताएको थियो । अमेरिकाले हालै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रेगन विमान वाहक पानीजहाज दक्षिण चीन सागरमा लगेर सैन्य अभ्यास गरेको थियो ।यूएसएस निमिट्ज विमान वाहक पानीजहाजसहित अमेरिकी नौसेनाले भारतसँग मिलेर सैन्य अभ्यास गरिरहेको जनाएको छ ।

विशेष