विदेश

भारतले भन्‍यो - साउथ चाइना सी विश्वको साझा सम्पत्ति हो 

भारतले भन्‍यो - साउथ चाइना सी विश्वको साझा सम्पत्ति हो 

भारतले साउथ चाइना सी विश्वको साझा सम्पत्तिको हिस्सा भएको बताएको छ । त्यहाँ शान्ति र स्थायित्व कायम गर्नु विश्वभरका मुलुकको दायित्व हो । भातीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले अन्तर्राष्ट्रिय जलमार्गमा वैध व्यापार र अन्य वैध गतिविधिका लागि स्वतन्त्र हुनुपर्ने कुरामा स्पष्ट भएको बताएका छन् । साउथ चाइना सीका विषयमा चिनियाँ दाबीलाई अमेरिकाले खारेज गरिरहेको र यसका भारतको धारणा के हो भन्ने प्रश्न को जवाफमा प्रवक्ता श्रीवास्तवले यस्तो बताएका हुन् ।

हामीले विभिन्न फोरमहरुमा साउथ चाइना सीका विषयमा आफ्नो धारणा स्पष्ट पारेका छन् । २१ मे, २०२० पछि बारम्बार हामीले हाम्रो धारणा स्पष्ट गरेका छौं । साउथ चाइना सी विश्वव्यापी सम्पत्ति हो । त्यहाँ शान्ति र स्थायित्व हुनुपर्छ भन्ने हाम्रो स्वार्थ रहेको छ । हामी स्पष्टरुपमा नेभिगसन स्वतन्त्र हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनको पालना अनुसार जलमार्गको प्रयोग गर्न पाउनुपर्ने पक्षमा दृढ छौं, उनले भने ।

उनले भारत हरेक विवादहरु शान्तिपूर्ण संवादमार्फत समाधान होस् भन्ने चाहेको बताए । यो समस्या पनि कानुनसम्मत तरिका कुटनीतिक प्रक्रियाबाट कुनै शक्तिको जोखिम नहुने गरी संवादमार्फत समाधान होस् भन्ने पक्षमा छौं । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले साउथ चाइना सीका स्रोतहरुमा चिनियाँ दाबीलाई खारेज गरेका थिए ।

विशेष