विदेश

अमेरिकी विदेशमन्त्रीले भने - लद्दाखमा पीएलएका गतिविधि अस्वीकार्य 

अमेरिकी विदेशमन्त्रीले भने - लद्दाखमा पीएलएका गतिविधि अस्वीकार्य 

वाशिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लद्दाखा चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मीले गरेका गतिविधिहरु अस्वीकार्य भएको बताएका छन् ।बुधबार इण्डिया आइडिया समिटमा बोल्दै भने भने, पूर्वी लद्दाखमा चिनियाँ सेनाले देखाएको व्यवहार र भएको हिंसा अस्वीकार्य छ ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीले प्रविधिलाई सरकारको हतियारको रुपमा प्रयोग गरिरहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको जोखिम बढेको समयमा अमेरिका र भारतको सहकार्य महत्वपूर्ण भएकोसमेत उनले बताएका छन् । उनले गत महिना जून १५ मा गलवान भ्यालीमा भएको हिंसात्म झडपमा मारिएका २० भारतीय सेनाप्रति दुख व्यक्त गरेका छन् ।

उनले भने, पीएलएको पछिल्लो व्यवहार अस्वकार्य र निन्दनीय छ । चिनियाँ कम्युनिस्ट पार्टीको खतरा उत्पन्न भइरहेका समयमा अमेरिका र भारतजस्तो प्रजातान्त्रिक मुलुकहरुले मिलेर काम गर्नुपर्नेसमेत विदेशमन्त्री पोम्पिओले बताए ।

उनले भारतले ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको निर्णयकोसमेत स्वागत गरेका छन् । उनले आगामी जी७ राष्ट्रहरुको समूहको शीखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाईसमेत आमन्त्रण गर्ने बताएका छन् ।

विशेष