सिन्जियाङमा राष्ट्रसंघीय उच्चायोगलाई स्वतन्त्र प्रवेश दिनुपर्ने फ्रान्सको माग
पेरिस । फ्रान्सका विदेशमन्त्री जियन-भेस लि ड्रयनले अन्तर्राष्ट्रिय स्वतन्त्र अनुसन्धान टोली संयुक्त राष्ट्र संघको उच्चायोगलाई निर्वाध सिन्जियाङको मानवअधिका उल्लंघनका घटनाको अनुसन्धान गर्न दिनुपर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रसंघका प्रतिनिधि माइकल बचहेलेलाई चीनको पश्चिमी प्रान्तमा उइगर समुदायको मानवअधिकारको अवस्थाबारे अनुसन्धानको अनुमति दिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, उक्त क्षेत्रमा हुने सम्पूर्ण गतिविधिहरु अस्वीकार्य छ । किनकी ती घटनाहरु विश्वव्यापी मानवअधिकारको मान्यता विपरीत छन् र निन्दनीय छन् । उनले सिन्जियाङमा भइरहेका गतिविधिबारे पेरिसले नजिकबाट नियालीरहेकोसमेत बताएका छन् ।
चीनले सिन्जियाङबासीलाई दमन गर्न १० लाखभन्दा बढी उइगर समुदायलाई गैराकानुनी हिरासतमा राखेको छ भने महिलाहरुलाई सन्तान उत्पादन नगर्न आग्रह गर्नुका साथै गर्भनिरोधका साधनहरु प्रयोग गर्न बाध्य पारिएको छ । त्यसैगरी त्यहाँका चिनियाँ अधिकारीहरुले धर्म परिवर्तनका लागिसमेत दबाब दिइएको बताइएको छ । सिन्जियाङमा चीनले मानवअधिकारको उल्लंघन गरेको भन्दै चिनियाँ अधिकारीहरुमा प्रतिबन्ध लगाएको छ ।