चोलेन्द्र र रंजन कौडा खेल्ने साथी !
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएसँगै यो प्रकरणले अहिले निकै माहोल तताएको छ । आफ्नै श्रीमतीको हत्या मुद्धामा दोषी ठहर भएपछि सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।
नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए । शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । यो प्रकरणमा जेल चलान भएका उनी अन्तत सजाय घटाउने फैसलापछी छुटेका थिए । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो ।
चोलेन्द्र र रंजन कौडा खेल्ने साथी !
पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो । यो प्रकरणले ठुलो रुप लिएपछि चोलेन्द्र र रंजनबीचको मित्रताबारे नयाँ तथ्य बाहिर आएको छ । पब्लिक न्युज एजेन्सीलाई विशेष स्रोतले दिएको जानकारी अनुसार चोलेन्द्र समशेर जबरा र रंजन कोइराला रंजन कोइरालाको घरमा बसेर चाडबाडका समयमा र बिदाको दिन पनि कौडा खेल्ने गरेका थिए ।