स्वास्नीमारा रन्जनलाई कौडा खेल्ने न्यायाधिस साथीले जेलबाट छुटाउन प्रयोग गरेको कानुनको बुँदामा के छ ?
काठमाडौँ । आफ्ना कौडा खेल्ने साथीलाई जेलबाट कसरी छुटाउने भन्ने विषयलाई लिएर कुन कानुनको कुन बुँदाको अपव्याख्या गर्न सकिन्छ भनेर रात दिन घोत्लियेका सर्वोच्च अदालतका विवादित न्यायधिस चोलेन्द्र समशेर जबराले अन्तत: एउटा बुँदा भेटे । त्यहीलाई टेकेर उनले स्वास्नीमारा साथीलाई जेलबाट छुटाए । पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई जुवा खेलेको ऋण त जबराले तिरे, तर देशमा न्याय मरेको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
के छ स्वास्नीमारालाई छुटाउन मिलेको त्यो कानुनमा ?
'......सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्धामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुने सम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐन वमोजिमको सजाया दिंदा चर्को हुने भै घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकेमा लेखी जाहेर गर्नुहुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटी तोक्न हुन्छ ।' कानुनमा लेखेको बस् यहि हो । जहाँ भवितव्य भएको खण्डमा प्रयोग गर्न मिल्ने अधिकार देखाईएको छ । तर सर्वोच्चले नै बन्दियत राखी श्रीमतीको हत्या गरेको भनी सर्वश्वसहितको जन्मकैद सुनाएका आफ्ना कौडा खेल्ने साथीलाई चोलेन्द्रले बलमिच्याई गरी न्यायाधिसको आचासंहितासमेत माटोमा मिलाएर कोइरालालाई जेलबाट छुटाएका छन् ।
सर्वत्र विरोध
गर्ने नहुने काम गरेपछि विवादित न्यायधिसको सर्वत्र विरोध भएको छ । हुन पनि चोलेन्द्र त्यहि न्यायधिस हुन् जो, हुने नहुने निर्णय गरेर पटक पटक विवादमा आइसकेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा गरेर करोडौं कमिसन लिने, स्वास्नीमारालाई जेलबाट छुटाएर लाखौँ कुम्ल्याउने उनले यसरी नै अर्व बढी सम्पत्ति जम्मा गरिसकेका छन् । न्यायलयलाई विकाएर मनपरी गर्न पल्केका यी कथित श्रीमानको यस्तो निर्णयले अहिले चौतर्फी आलोचना खेपीरहेको छ । देशको न्यायलयलाई नै विवादित बनाउने यिनलाई महाभियोग लगाएर हटाउनुपर्छ भन्ने आवाज चौतर्फी रुपमा उठिरहेको छ।
र यो पनि हेर्नुहोस्
पूर्व डिआईजी रन्जन कोइरालालाइ फेरि जेल हाल्ने सरकारको तयारी