विदेश

लन्डनस्थित पाकिस्तान उच्चायोग बाहिर प्रदर्शन 

लन्डनस्थित पाकिस्तान उच्चायोग बाहिर प्रदर्शन 

लन्डन । पाकिस्तानी मानवअधिकार कर्मी र भारतीय समुदायले  लगातार दोस्रो दिन पनि लन्डनस्थित पाकिस्ताको उच्चायोगबाहिर प्रदर्शन गरेका छन् ।पाकिस्तानमा एक हिन्दू किशोरीलाई जबरजस्ती इस्लाम बनाएर मुस्लिम केटासँग विवाह गराएको विषयमा न्याय दिनुपर्ने माग गर्दै पाकिस्तानी उच्चायोगमा प्रदर्शन गरिएको हो । 

एक प्रदर्शनकारीले भने, "म बेलायतको उच्चायोग बाहिर छु । म एक किशोरीको अधिकारको रक्षाको माग गरिरहेको छ । ति किशोरी हिन्दू, क्रिश्चियन, शिख जुनसुकै भए पनि ती अपहरण गरिएको किशोरीलाई न्याय दिइनुपर्छ । तर, अपहरण गरेर जबरजस्ती इस्लाम बनाउनु र उमेर नै नपुगेकी किशोरीको जबरजस्ती मुस्लिम समुदायको केटासँग विवाह गराउनु अपराध हो ।"

उनीलाई एक अधबैंसे पुरुष अलि राजाले सिन्ध प्रान्तको जाकोबाबादबाट अपहरण गरेको थियो । उनलाई जबरजस्ती इस्लाम बनाइएको र इस्लामिक समुदायविरुद्ध भ्रम फैलाएको आरोप लगाएको बताएकी थिइन् ।त्यहाँ भारतीय सहयोगमा लल्कार सोसर फोरमको नेतृत्वमा लगातार प्रदर्शनहरु भइरहेका छन् । तर, केही पाकिस्तानी अधिकारीहरुका अनुसार उनले आफूलाई जबरजस्ती इस्लाम बनाइएको भन्‍ने अभिव्यक्ति दिएपछि उनी मारिएको हुनसक्ने बताइएको छ । 

 

विशेष