News

भुवन केसीका फ्यानलाई निर्मलाको सल्लाहा, ‘आफ्ना छोरीको ज्यानमा पनि क्यामरा फिट गर’

भुवन केसीका फ्यानलाई निर्मलाको सल्लाहा, ‘आफ्ना छोरीको ज्यानमा पनि क्यामरा फिट गर’

साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक तथा निर्देशक भूवन केसीकोबीच सामाजिक संजालमा भइरहेको चर्काचर्कीमा फेरि पनि निर्मला ढकालले केसीका फ्यानहरुलाई कडा जवाफ दिएकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन् , ‘कसैले रुँदै अत्याचार भयो भन्दा प्रमाण खोज्नेहरु, अब आफ्ना छोरी चेलीलाई पनि क्यामेरा फिट गरेर घर बाहिर पठाउ, होइन भने आफ्नोलाई पर्दा पनि दुनियाँ यसरी नै औँला उठाउँछन्ः कम्तिमा कसैको आवाज सुन्ने र महशूस गर्ने ‘चेत’ राख ।’

यसरी उनले न्यायको पक्षमा बोलेर नराम्रो भन्नेहरुलाई चुप लागेर बस्न बाध्य बनाएकी छिन् । उनको यस्तो अभिव्यक्तिले यो विषयलाई अझै चर्चाको विषय बनाएको छ । कसैले उनको पक्षमा बोलेका छन् भने कसैले विपक्षमा  ।
 

विशेष