भुवन केसीपछि स्वास्थ्यमन्त्रीमाथि खनिइन निर्मला !
साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीच भइरहेको चर्काचर्कीमा बेलाबेला आफ्नो तर्कहरु राखेर चर्चामा आइरहेकी निर्मला बस्नेतले फेरि स्वास्थ्यमन्त्रीलाई सुझाव दिएकी छिन् ।
उनले ट्वीटर मार्फत लेखेकी छिन् ‘स्वास्थ्यमन्त्री ज्यू, हाम्रो मोतीबिन्दुको उपचार गर्न सरकारले पहल गरोस् ! अर्को चुनावमा हामी कम्तीमा पनि गँधा र मान्छे छुट्टाउन सकौँ ।’
उनले सामाजिक संजालद्धारा आफ्नो अभिव्यक्ति राखिन् र देश बनाउँछु भनेर कुर्सीको लागि लड्नेहरुलाई कडा व्यङ्ग्य प्रहार गरेकी छिन् । उनको यस्तो ट्वीटमा कोहीले सहमति जनाएका छन् भने कोहीले असहमति ।