शिख र हिन्दु समुदायका सदस्यहरुलाई भारत फिर्तिमा भारत सरकारले सहयोग गर्दै ।
अफगानिस्तानका शिख र हिन्दु अल्पसंख्यक समुदायका पहिलो समूहका ११ सदस्यहरु दिल्ली आइपुगे । सो समूहमा निदान सिंह सचदेव पनि छन् । अफगानिस्तानका हिन्दू र सिख समुदायका नेता निदान सिंह सचदेवालाई २२ जुन २०२० मा पख्तिया प्रान्तमा अपहरण गरिएको थियो । स्थानीय गुरुद्वारमा मद्दत गर्ने नेदान सिंहलाई अज्ञात व्यक्तिहरूले पूर्वी अफगानिस्तानको प्रान्तमा गत महिना अपहरण गरेका थिए जसको कारण भारत सरकारको कडा निन्दा भयो ।
त्यस बेलादेखि सरकारले उनको रिहाइको लागि अफगानिस्तानका अधिकारीहरूसँग सम्पर्क राखेको थियो । अपहरण पछि मार्च २५ मा काबुलको पूजास्थलमा भएको आतंकवादी हमलामा सिख समुदायका सदस्यको हत्या भएको थियो । इस्लामिक स्टेटले उक्त आक्रमणको दावी गरेको थियो, जबकि भारतीय अधिकारीहरूले हक्कानी नेटवर्क र लश्करको भूमिका औंल्याए
उनलाई अफगानिस्तान सरकार र सामुदायिक एल्डरहरूले गरेको प्रयासपछि हालै कैदबाट मुक्त गरिएको छ । भारतमा स्थायी बसोबास र नागरिकता खोजेका शिख र हिन्दु समुदायका सदस्यहरुको भारत फिर्तीमा भारत सरकारले सहयोग पुर्याइरहेको छ ।