चेपाङ घटनाको बारे समाचारमा आएको कुरा सबै सत्य हैनः वनमन्त्री शक्ति बस्नेत
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको आइतबार भएको बैठकमा वनमन्त्री शक्ति बस्नेत पनि उपस्थित भएका थिए । सोही बैठकमा बस्नेतले चितवनको कुसुम खोला स्थित चेपाङ बस्तीमा आगो लगाइएको र सेनाले कुटपिट गरेर मारेको भन्ने समाचार सत्य नभएको बताएका हुन् ।
कुसुम खोला स्थित चेपाङ बस्तीमा भएको २०१ घर मध्य १९३ घरलाई अर्कै ठाउँमा स्थानतरण गरिएको र त्यस ठाउँमा स्थानतरण भइसकेका मान्छेहरुले खेतीकिसानी गर्न र मकै हेर्न बनाइएको मच्चाहान र एक व्यक्तिको गुन्द्री र सामान्य बिस्तारा भएको गोठ मात्र जलाइएको बस्नेतले बताएका थिए । स्थातरण भइसकेका मान्छेहरु फेरि मच्चाहान बनाएर बसोबासका लागि फर्किन थालेपछि निकुञ्ज प्रशासन अप्ठ्यारेमा परेको र त्यो घटना घटेको बस्नेतले बताएका थिए ।
यो तस्बिर ठ्यक्काई कहाँ हो एकिन छैन । तर जहाँ भए पनि दरबार वा महल मा होईन भन्ने एकिन छ । कुनै बुकुरो, गोठजस्तो लाग्ने चेपाङ को घर जस्तो देखिन्छ । तस्बिरमा देखिएका व्यक्ति हुन बनमन्त्री शक्ति बस्नेत चेपांग बस्तीलाई गोठ भनेको भनेर उनको चर्को आलोचना भइरहेको छ र उनको त्यो बिरासत र यो बोलीको तुलना गर्न यो फोटो प्रयोग भइरहेको छ ।