विदेश

कुनै समयको आक्रामक चीन अहिले 'अपिजर'

सिड्नी । अन्य मुलुकहरुलाई नियन्त्रणमा लिने वर्षौंदेखिको आक्रामक नीति लिएको चीन पछिल्लो समय भने अपिजर बनेको छ । संयुक्त राष्ट्र अमेरिकाले टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न आदेश दिएपछि चीन आफ्नो अनुहार लुकाउन खोजिरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, यसले दुई मुलुकको सम्बन्धमा गम्भीर क्षति पुर्याउछ । यसले चीन र अमेरिकाका मानिसहरुबीचको सम्बन्धलाई पनि कमजोर बनाउँछ । अमेरिकाले चीनलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो । मुलुकभित्र निकै साहसी दिने भीनले पछिल्लो समय अमेरिकाले लगाउने आरोपहरुको प्रतकार दिने अथवा जवाफ दिने काम पनि रोकेको छ ।

चीनले पछिल्लो समय चीनको चेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गराएको छ भने वुहानस्थित अमेरिकी मिसनलाई समेत निकाला गरिएको छ । चीनले अमेरिकाविरुद्ध मध्यमार्गी विकल्प अंगालेर चेङ्दुको वाणिज्य दूतावासमा बन्द गराएको हो । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भने, चिनियाँ कम्युनिस्ट पार्टीलाई वास्तवमै परिवर्तन गर्न उनीहरुको नेताको जस्तै व्यवहार गर्नपर्छ । अमेरिकाले चीनलाई काउन्टर दिन नयाँ एलाइन्सको लागि आह्वानसमेत गरेको छ ।

विशेष