शिख समुदायलाई मुस्लिम धर्मगुरुको धम्की, गुरुद्वाराको जग्जा कब्जा गर्ने लक्ष्य
लाहोर । लाहोरको मजारको मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीका धर्मगुरु दावत-ई-इस्लामीले त्यहाँका अल्पसंख्यक शिख समुदायलाई धम्की दिएका छन् । उनले पाकिस्तान इस्लामिक राष्ट्र भएको र जुन मुस्लिमसँग सम्बन्धित भएको बताएका छन् ।
एक भिडियोमा लान्दा बजारमा एक पसल सञ्चालन गर्ने सोहाइल बटसहति केही मुस्लिम कार्यकर्ताहरुले गुरुद्वाराको जग्गा कब्जा गरेका छन् । गुरुद्वारा साहीद भाइ तारु सिंह र गोपालसिंह चावलालाई समेत धम्की दिएका छन् । सीहिइलले गुरुद्वारा र त्यस वरपरको जमिन मजार मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीसँग र सँगैको साहीद गान्जको भएको दाबी गरेका छन् । स्रोतका अनुसार साहिलले आईएसआई र केही जग्गा माफियाको संलग्नता भएका कारण उनले गुरुद्वाराको जमिनमा दाबी गरिरहेका छन् ।
सोहिलले पाकिस्तान इस्लामिक राष्ट्र भएको र मुस्लिमसँग सम्बन्धित भएको दाबी गरिरहेका छन् । उनले भने, पाकिस्तानको सिर्जना गर्दा सन् १९४७ मा करिब २० लाख मुस्लिमले ज्यानको बलिदान दिएका छन् । तर, यी शीखहरु अहिले आएर गुण्डागर्दी गरिरहेका छन् । यो एक इस्लामिक राष्ट्रमा कसरी शीखहरुले गुण्डागर्दी गरिरहेका छन् । इतिहासले पनि देखाउँछ कि यो हाम्रो भूमि हो ।
उनले शीख समुदायको विरोध गर्दै गोपाल सिंह चावला र फउजा सिंहलाई शिख मिलिसिया भएको बताएका छन् । पाकिस्तानका शिख समुदायले लामो समयदेखि उत्पिडनको सामना गर्नु परेको छ ।