विदेश

पाकिस्तानमा 'ईश्वर निन्दा' का आरोपितलाई अदालतमै गोली हानी हत्या 

पाकिस्तानमा 'ईश्वर निन्दा' का आरोपितलाई अदालतमै गोली हानी हत्या 

पाकिस्तानको पेसावरमा बुधबार ईश्वरनिन्दा का आरोपित अहमदी समुदायका ताहिर अहमदीलाई मुद्दाको सुनुवाईका क्रममा अदालतमै गोली हानी हत्या गरिएको छ । उनलाई गोली हान्ने व्यक्ति खालिद खानले गोली हानेको खुलेको छ । उच्च सुरक्षाकाबीच उनी कसरी कसरी भित्र प्रवेश गरेर अदालतमा प्रवेश गरेर गोली हाने भन्ने खुलेको छैन । गोली हान्ने खानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पाकिस्तानमा रहेका ४० लाख अल्पसंख्यक अहमदी समुदायका मानिसहरुले हत्या, धम्की, उत्पीडन र घृणाको सामना गर्नुपरेको छ । उक्त घटनाको मानवअधिकारीवादी संगठनहरुले चर्को निन्दा गरेका छन् । एम्नेस्टी इन्टनेशनलले ट्विट गर्दै भनेको छ, मानसिक असन्तुलन भएका भनिएका ताहिर अहमको हत्या अदालतभित्रै सुनुवाईका क्रममा गरिएको हत्या पाकिस्तानमा ईश्वरनिन्दाको कानुनलाई कसरी दुरुपयोग गरिँदै छ भन्ने अर्को उदाहरण हो ।

प्रोफेसर एम स्माइलले ट्विटर गरेका छन्,पाकिस्तान नर्क भइसक्यो । समाज अत्यधिक असहिष्णु बनिसक्यो । अदालतको कोठाभित्रै ती व्यक्तिलाई मारियो, जसको इश्वरनिन्दाको विषयमा सुनुवाई हुँदैन थियो । हत्याराले भनिरहेको छ कि प्रोफेटले सपनामा आएर ती व्यक्तिलाई मार्न आदेश दिनुभएको हो ।

पाकिस्तानको इश्वरनिन्दाको कानुन विवादित भएको र मृत्युदण्डको सजायको प्रावधान राखिएको छ । कसैले पनि भगवानलाई निन्दा गरेमा र अन्य धर्मको भगवानको अपमान गरेको मृत्युदण्ड हुने सजाय गरिएको छ । पाकिस्तानका अल्पसंख्यक हिन्दु, शिख र क्रश्चियनहरुलाई विवादित ईश्वरनिन्दाको कानुनविरुद्धको आरोप लगाएर यातना दिने, जेल हाल्ने र मृत्युदण्डको सजाय दिने गरिएको छ ।

विशेष