जम्मु काश्मीरमा गोर्खा सैनिकलाई स्थायी बसोबासको प्रमाणपत्र
जम्मु काश्मीरमा गोर्खा सैनिकलाई स्थायी बसोबासको प्रमाणपत्र

जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ । जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् ।
उनीहरुले त्यहाँका नागरिकले पाउने सम्पूर्ण सुविधा जस्तै सम्पत्ति आर्जन र किनबेच गर्न पाउने, रोजगारीका लागि आवेदन दिन पाउनेलगायतका सुविधा प्राप्त गर्ने जनाइएको छ ।
जम्मुकाश्मीरका अतिरिक्त कार्यकारी कमिसनर विजयकुमार शर्माले ५ हजार ९०० भन्दा बढी प्रमाणपत्रहरु जारी गरिसकेको जानकारी दिएका छन् । अन्य करिब ७ सयभन्दा बढी प्रमाणपत्र प्राप्त गर्ने चरणमा रहेको जानकारी दिएका छन् ।
जम्मुको तेहसिलदारस्थित बाहुका डा. रोहित शर्माले भारतीय सेनामा सेवा गरेका २५ सय गोर्खा सैनिकहरु आफ्नो समुदायमा बसोबास गरिरहेको जानकारी दिएका छन् । जसमा ३५ सय स्थायी बसोबासका लागि आवेदन दिएका थिए भने २५ सय प्राप्त गरिसकेका छन् र अन्य एक हजारजनाको प्रक्रियामा रहेको जनाइएको छ ।