भारतमा समस्यामा परेका नेपालीलाई सहयोग नगरेको भन्दै राजदूत आचार्यको चर्को आलोचना
नोभेल कोरोना भाइरसको महामारीका समयमा जारी लकडाउनका कारण मानिसहरुको जीवन अस्तव्यस्त बनेको छ । विभिन्न मुलुकमा रहेका नेपालका राजदूतवासहरुलाई त्यहाँका नेपालीहरुलाई अप्ठ्यारो पर्न नदिन निर्देशन जारी गरिएको थियो ।
तर, प्रधानमन्त्री ओलीका प्रिय पात्र भनिएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भने यति ठूलो लकडाउनमा नेपालीहरुको त्यति ठूलो पीडा भोग्दा पनि कुनै सहजता गराउन सकेनन् । अखिल भारत नेपाली एकतामनञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतमा रहेका नेपाली कामदारहरु समस्या पर्दासमेत सहयोग नगरेको भन्दै राजदूत आचार्यको आलोचना गरेका हुन् ।
यसअघि खड्काले राजदूत आचार्यलाई भारतमा रहेका निकै समस्यामा परेका नेपालीहरुलई केही आर्थिक सहयोग,खाना र आवासको व्यवस्था गरिदिन आग्रह गरेका थिए । तर पनि राजदूत आचार्यले उनको आग्रहलाई बेवास्ता गरे । उनले आफू नजिक भएका केही निश्चित व्यक्तिलाई मात्रै सहयोग गरेको आरोप लगाइएको छ ।
आचार्य प्रचण्ड नजिक भएको र आचार्य ओलीको गोजीको व्यक्ति कारण पनि आफ्नो आग्रह अस्वीकार गरेको खड्काको आरोप छ ।
उता भारतको जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ । जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् ।
उनीहरुले त्यहाँका नागरिकले पाउने सम्पूर्ण सुविधा जस्तै सम्पत्ति आर्जन र किनबेच गर्न पाउने, रोजगारीका लागि आवेदन दिन पाउनेलगायतका सुविधा प्राप्त गर्ने जनाइएको छ ।
जम्मुकाश्मीरका अतिरिक्त कार्यकारी कमिसनर विजयकुमार शर्माले ५ हजार ९०० भन्दा बढी प्रमाणपत्रहरु जारी गरिसकेको जानकारी दिएका छन् । अन्य करिब ७ सयभन्दा बढी प्रमाणपत्र प्राप्त गर्ने चरणमा रहेको जानकारी दिएका छन् ।
जम्मुको तेहसिलदारस्थित बाहुका डा. रोहित शर्माले भारतीय सेनामा सेवा गरेका २५ सय गोर्खा सैनिकहरु आफ्नो समुदायमा बसोबास गरिरहेको जानकारी दिएका छन् । जसमा ३५ सय स्थायी बसोबासका लागि आवेदन दिएका थिए भने २५ सय प्राप्त गरिसकेका छन् र अन्य एक हजारजनाको प्रक्रियामा रहेको जनाइएको छ ।