News विदेश राजनीति

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

बेइजिङ । चीनले सन जुले युद्धको कला पुस्तकमा उल्लेख भएको 'जब तपाईं कमजोर हुनुहुन्छ भने बलियोरुपमा प्रस्तुत हुनुस् र यदि तपाईं बलियो हुनुहुन्छ भने कमजोर भएको देखाउनुस्' भन्‍ने सिद्धान्तलाई अवलम्बन गरेको देखिन्छ । 

तर, चिनियाँ कमजोरी तब फेला पर्‍यो, जतिखेर कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी भूमिका खेल्‍न सकेन । जसका कारण अमेरिका, अस्ट्रेलियालगायतका मुलुकहरुले चीनलाई दोष लगाउने अवसर पाए र अनुसन्धानको माग गरे । 

चीनले पश्‍चातापपूर्ण आचरणहरुलाई विस्तारै स्वीकार गर्दै जानुको साटो आफू बलियो भएको प्रस्तुत गर्ने विभिन्‍न आक्रामक व्यवहार देखाउन थाल्‍यो ।

चीनविरुद्ध आएका अभिव्यक्तिप्रति चिनियाँ कूटनीतिज्ञले 'वुल्फ वारियर' कूटनीति अवलम्बन मात्र गरेनन् चिनयाँ कम्युनिस्ट पार्टीलेसमेत हङकङ, ताइवान, साउथ चाइना सी, इस्ट चाइना सी र भारतसँगको सीमा विवादमा आक्रामकरुपमा प्रस्तुत भयो । 

तर, चीन आफ्नो शक्‍ति प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धाको यात्रामा धेरै अघि बढिसकेको छ । जसले गर्दा चीनले आफ्ना लागि नयाँ शत्रु सिर्जना गरेकव छ र अहिले उनीहरुको निन्दाको सामना गर्न संघर्ष गरिरहेको छ । जसको उत्कृष्ट उदाहरण गलवान भ्यालीको सीनो-इण्डियन झडप हो ।

भारत-चीनबीचको हार्दिकताको सम्बन्धले सकारात्मक परिणाम ल्याइरहेको थियो । जसले गर्दा सन् २०१८ मा चीनको वुहानमा र सन् २०१९ मा चीन र भारतमा क्रमश: प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको थियो । तर, सन् २०२० को जूनमा चीनले आफ्नो गलत, अविश्वसनीयता पैदा गरेको छ । त्यसविरुद्ध भारतले सशक्तरुपमा कुटनीतिक, सैन्य, अर्थ र प्रविधिमा प्रतिवाद गरेको छ । 

चीनले भारतविरुद्ध आक्रोश व्यक्त गर्दै गलवान भ्यालीमा हिंसात्मक झडपमा २० भारतीय सेनाको मारिएपछि अन्य मुलुकहरु पनि चीनको पक्षमा उभिए । अमेरिकी विदेशी मन्त्री माइक पोम्पेओ, फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीलगायतका मुलुकहरुले भारतको पक्षमा उभिएका छन् । त्यसैगरी अस्ट्रेलिया र जापानले पनि चिनियाँ आक्रोशको निन्दा गर्दै भारतको पक्षमा उभिएको थियो । 

विश्‍वका शक्‍तिकेन्द्रहरु भारतको पक्षमा उभिएपछि चीन वास्तवमै कमजोर बनेको छ तर, आफू बलियो भएको देखाइरहेको छ र अन्तर्राष्ट्रिय मुलुकहरुले गरिरहेको आलोचना र निन्दाको सामना गरिरहेका छन् । 

https://www.newsweek.com/india-successfully-gains-allies-while-confronting-china-opinion-1522087
 

विशेष