News विदेश

अमेरिकामा पाकिस्तानविरुद्ध सिन्धि फाउन्डेसनद्वारा प्रदर्शन

अमेरिकामा पाकिस्तानविरुद्ध सिन्धि फाउन्डेसनद्वारा प्रदर्शन

एजेन्सी : अमेरिकास्थित सिन्धि अर्गनाइजेसनले अमेरिकास्थित पाकिस्तानी दूतवास अगाडि प्रदर्शन गरेका छन् । बलुच र पस्तुनहरुको समेत सहभागीता रहेको उक्त प्रर्शनमा पाकिस्तानमा बेपत्ता पारिएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अमेरिकाका लागि पाकिसतानी राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

अमेरिकास्थित सिन्ध फाउन्डेसनका कार्यकारी निर्देशक मुनवार लगारीले भने, “जबरजस्ती बेपत्ता पारिनु मानवताविरुद्धको अपराध हो । हामी हाम्रो संघर्षलाई निरन्तरता दिइरहेका छौं । जबसम्म विश्व, विशेष गरी अमेरिका र संयुक्त राष्ट्र संघले पाकिस्तानलाई आतंकवादी राष्ट्र घोषणा गर्दैनन्, तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।”

पछिल्लो सात हप्तामा पाकिस्तानमा ९२ जना बेपत्ता पारिएका छन् । उनीहरुको बारेमा घरपरिवार, आफन्त कसैलाई पनि केही जानकारी दिइएको छैन ।

हालसालै, सारंग जोयो कराचीको घरबाट बेपत्ता भए । जोयो, बेपत्ता व्यक्तिहरुको रिहाइका लागि अभियान सञ्‍चालन गरिरहेका थिए ।

सारंग जोयोका काका भतिजा राजा जोयो अन्य कराचीमा रहेका अन्य जातीय अल्पसंख्यक जस्ता संदिग्ध व्यक्तिको घरबाट बेपत्ता पारिएका छन् ।

सारंगलाई पाकिस्तानी सुरक्षा बलले अपहरण गरेको थियो ।

प्रदर्शनकारीहरुका अनुसार पाकिस्तानमा चीनको प्रभाव बढिरहेको छ । दुई देश मिलेर भारतविरुद्ध गलत आरोपहरु लगाइरहेका छन् । र यस्तै एउटा क्लासिक उदाहरण संयुक्त राष्ट्र संघमा कश्मीरको मुद्दाको चर्चा हो ।

गिलगित बाल्चिस्तानका एक राजनीतिक कार्यकर्ताले बेइजिङलाई अन्तर्राष्ट्रिय समुदायले रोक्नु पर्ने माग गर्दै चीनको आलोचना गरेका छन् । गिलगित बाल्चिस्तानका संस्थानका निर्देशक सेन्ज एच सरिंगले एएनआईलाई भने, “चीनले पाकिस्तानको परराष्ट्र नीति र आर्थिक नीति तर्जुमा गर्न नेतृत्व लिइरहेको छ । यो विश्वको बाँकी मुलुकका लागि ठूलो खतरा हो।”


https://in.news.yahoo.com/us-sindhi-foundation-holds-protests-194644005.html

विशेष