'बंगलादेश भारतको आत्मनिर्भर अभियानको हिस्सा बन्न चाहन्छ'
ढाका : बंगलादेशका एक उच्च अधिकारीले बंगलादेश भारत सरकारको आत्मनिर्भर अभियानको हिस्सा बन्न चाहेको बताएका छन् । चिनियाँ प्रभाव र यसको विस्तारवाद र कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको विश्वव्यापी प्रतिरोधको बीचमा बंगलादेशले भारतको हिस्सा बन्न चाहेको बताएको हो ।
भारतका लागि बंगलादेशी उच्चायुक्त मोहम्मद इमरान शनिबार भारतको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुँदै उक्त अभिव्यक्ति दिएका हुन् ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, "मैले लाल किलामा स्वतन्त्रता दिवस समारोहमा सहभागीता जनाएँ । प्रधानमन्त्री मोदीको कुरा सुन्दा यो साह्रै उत्साहजनक भयो ।"
"हामी भारतसँग अझ राम्रो सम्बन्ध बनाउन उत्सुक छौं । हाम्रो भारतसँग पहिले नै राम्रो सम्बन्ध छ र यसलाई उच्च तहमा पुर्याउन सकिन्छ," उनले भने ।
"यो व्यक्तिगत तहमा होस् वा राष्ट्रिय स्तरमा, सबैजना आत्मानिभर हुनुपर्दछ । भारत 'आत्मनिर्भर' हुनेछ, हामी पनि यसको एक हिस्सा बन्न चाहन्छौं । मलाई लाग्छ कि यदि हामी दुबै मिलेर काम गर्छौं भने हामी दुबै एक अर्कालाई पूरक बनाउन सक्छौं," उनले भने ।
https://www.indiablooms.com/news-details/N/64028/bangladesh-wants-to-be-part-of-india-s-atmanirbhar-self-reliance-campaign-envoy.html