News

प्रधानमन्त्री ओली राष्ट्रपतिसँगको यही फोटोको कारण रिसले चुर भएका थिए

प्रधानमन्त्री ओली राष्ट्रपतिसँगको यही फोटोको कारण रिसले चुर भएका थिए

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकाल एक महिना मात्र बाकी रहदा प्रधानमन्त्री केपी शर्मा ओलीको दबावमा मन्त्री परिषदले नियमावली मिचेर हटायो ।

यद्यपि सरकारले किशोरलाई हटाएर दुर्गा भण्डारीलाई काउन्सिलको कार्यबाहक अध्यक्ष बनाउने निर्णय कानुनविपरीत रहेको ठहर गर्दै अदालत सो निर्णय लागू नगर्नु भन्ने आदेश दिइसकेको छ ।

त्यस आदेशसङगै किशोर पुनः काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा फर्कीसकेका छन् । तर प्रश्न उठेको छ कि थोरै मात्र कार्यकाल बाँकी रहेको अवस्थामा सरकारले किन उनलाई हटाउन खोजे । आखिर रिसिवी के को हो ?

हाम्रो अनुसन्धान टिमले पता लगाएअनुसार किशोरलाई हटाउन सिधा सिधा प्रधानमन्त्रीले दबाब दिनुको कारण यहीँ फोटो थियो ।

किशोरले २०५४ सालमा किशोरले आफ्नो चर्चित साप्ताहिक पत्रीका जनआस्थामा छापेको लेख हो भन्ने अनुमान लगाउन थालिएको छ ।

खासमा २०५४ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) फुटेको वेला नेपालगन्ज महाधिवेशनलगतै काठमाडौ फर्किने बेला बाटोमा कतै रास्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा तस्बिर खिचाएका थिए ।

त्यो तस्बिरलाई जनाआस्थाले सेतो सारी, रातो माला, हाम्रो दोस्ती कहाँसम्म जाला भन्ने क्यापसनका साथ छापेको थियो। त्यहीँ बेलादेखि प्रधानमन्त्री किशोरदेखि रुष्ट छन् ।

२०५४ पछी ओली यति धेरै शक्तिमा आएको पहिलो पटक हो । भनिन्छ प्रधानमन्त्री ओलीले आफ्ना बिरोधी कसैलाई बाकि राख्दैन । मौका पाएको बेला सिध्याइहाल्छन । उनी अहिले शक्तिमा भएको वेला बिरोधीहरूलाई सिध्याउने अभियानको क्रममै कार्यकालको एक महिना मात्र रहेको अवस्थामा पुरानो रिसिवी साधन प्रधानमन्त्री ओलीले किशोरलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको पदबाट हटाउन खोजेका अनुमान लगाउन थालिएको छ ।

र यो पनि, 

तस्बिरमा "सेतो सारी रातो माला हाम्रो दोस्ती कहाँसम्म जाला ?" भन्ने क्यापसनका कारण प्रधानमन्त्री किशोरसंग रुष्ट !

प्रेस काउन्सिलमा ‘एक मिनेट पनि राख्ने होइन, त्यसलाई’

काउन्सिलमाथि निर्मम हस्तक्षेप

विशेष