नेपाल र श्रीलन्कामा चीनले हस्ताक्षेप बढायो : अमेरिका
एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् ।
कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी देशहरूमा चीनको बढ्दो हस्तक्षेप र रणनीतिबारे विशेषन भैरहेको पनि बताईन । पछिल्लाे केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मकाे हस्तक्षेप गरिरहेकाे उनको दाबी छ।
उनले भनिन्, चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतामाथी हमला बोलेको उदाहरणहरू देख्छौं। मे महिनातिर चिनियाँ सरकारी मिडियाले नेपालको सार्वभौमिकताको प्रतीक माउन्ट एभरेष्ट चीनको हो भनेर आलेख छापेको थियो । त्यस्तै, उसले पूर्वी भूटानको पनि केही क्षेत्रमाथि दावी गरेको थियो ।
नेपालसंगै श्रीलंकामा पनि चीनले ब्यापारको बहाना आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको पनि खुलासा गरिन। उनले नेपाललगाएतका चीनका छिमेकी मुलूकलाई सचेत रहन आग्रह समेत गरेकी छिन ।