News

राम मन्दिर शिलान्यासको अबसर नेपालको विभिन्न जिल्लामा दीप उत्सब

राम मन्दिर शिलान्यासको अबसर नेपालको विभिन्न जिल्लामा दीप उत्सब

 

रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यास भएको उपलक्ष्यमा राष्ट्रीय एकता अभियान आज देशभरी दीप उत्सव मनाएको छ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको अगाडि जय श्रीराम राम आकारमा दियो बाली अभियानका कार्यकर्ताहरुद्वारा दीपावली कार्यक्रमको आयोजना गरिएको छ ।राष्ट्रीय एकता अभियानका राष्ट्रीय संयोजक बिनय कुमारको अगुवाईमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्योजक यादवले पांच सय बर्ष देखिको निरन्तर संघर्षको प्रतिफल आज बिश्वभरीको हिन्दुहरूले पाएकोले राष्ट्रीय एकता अभियानले दिप उत्सव मनाएको बताउनुभयो । उनले भने, "विश्वभरीको हिन्दूहरुको यों एतिहासिक दिन हो र त्यसकारण यो दिनलाई उत्सबका रूपमा लिएका छौ ।

राष्ट्रीय एकता अभियानले सुनसरीमा अभियान का केंद्रीय सदस्य बोधनरायण यादवको अगुवाई र  सप्तरीमा  अभियानका अर्का सदस्य सुनीता साहको अगुवाइमा दीपावली मनाईएको छ ।

त्यस्तै, अभियानले जनकपुरमा पनि मनीष हिन्दूको अगुवाई दीपावली गरेको छ। यसैगरि अभियानले सर्लाही, महोतरी, रौतहट, बारा र पर्सालगायतका जिल्लाहरूमा पनि दीप उत्सव सम्पन्न गरेको छ।
केहि दिन अघि राष्ट्रीय एकता अभियानद्वारा जानकी मन्दिर जनकपुरको माटोको साथै श्रीराम जन्मभूमि तिर्थ क्षेत्र एबं भारत सरकारलाई शुभकामना पत्र पठाईएको थियो । अभियानले राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रको पक्षमा दबाबमूलक कार्यहरू गर्दै  आएको छ।

विशेष