पश्चिमी पाकिस्तानी शरणार्थीलाई स्थायी बसोबासको प्रमाणपत्र
काश्मीरमा रहेका पश्चिमी पाकिस्तानका शरणार्थीहरले धारा ३७० खारेजीको पहिलो वर्ष उत्सवका रुपमा मनाउन उत्सुक छन् । उनीहरुले धारा ३७० र ३७ ए को खारेजीले आफूले जम्मु काश्मीरको स्थायी बसोबासको प्रमाणपत्रमा पाएकोमा खुसी व्यक्त गरेका छन् । दशकौंदेखि शरणार्थीको पहिचानको रुपमा रहेका उनीहरुको परिचय फेरिएको छ । जसमध्येका एक गणेश चाँदरले भने,अहिले हामी पनि यही समुदायका सदस्य हुन पाएका छौं । निकै खुसी लागेको छ । सरकारी जागिरका लागि पनि आवेदन दिनसक्ने भएका छौं । जुन एक वर्षअघि सम्भव थिएन ।
गत अगस्टमा केन्द्र सरकारले विवादित धारा ३७० र ३७ एको खारेजी गरेको थियो । जम्मु काश्मीर र लद्दाखलाई पनि केन्द्रको शासनमा रहने गरी व्यवस्था गरिएको थियो । केन्द्रको शासनमा रहँदा काश्मीरको जीवनशैली नै फेरिएको छ एक वर्षअघि हाम्रा बालबालिकाले म्याट्रिका पास गरेपछि विद्यालयमा भर्ना गर्नै पाइँदैन थियो । उनीहरुले जागिर पाउँदैनथे । तर, गत वर्ष मोदीजी नै निकै राम्रो काम गर्नुभयो । विगत ७० वर्षको इतिहासमा मोदीजस्तो अर्को प्रधानमन्त्री नै पाएन देशले । हामीले यो निकै ठूलो काम भएको छ, चाँदरले भने ।
हामीले स्थायी बसोबासको प्रमाणपत्रसहित सम्पूर्ण अधिकारहरु पाएका छौं । हामी अहिले जागिर पाउने भएका छौं । अहिले हाम्रो नाममा जमिन भएको छ । हाम्रा लागि मोदी जी भगवान बनेर आउनुभयो, उनले थपे । अर्का एकजना रमशकुमारले पनि चाँदरको जस्तै खुसी व्यक्ति गर्दै धारा ३७० खारेज गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए । शरणार्थी समूहका प्रमुख लभराम गान्धीले आफूहरुलाई पाकिस्तानीको संज्ञा दिँदै जागिर पनि नपाइने बालबालिकाहरु शिक्षाबाट पनि वञ्चित हुनुपर्ने स्थिति रहेकोमा अहिले त्यो सबै हटेको बताए । उनले आफूहरु अगस्त ५ लाई भव्य उत्सवका रुपमा मनाउन उत्सुकरहेकोसमेत बताए ।