जारी छ काश्मीरको रुपान्तरण
हिंसाको खाडलबाट उठेका नयाँ काश्मिरको रुपान्तरणको ग्रिन सिग्नल नयाँ राजमार्ग, अत्याधुनिक अस्पताल सुविधाहरू, शैक्षिक संस्था र केन्द्र शासित प्रदेशको विभिन्न भागमा आएका रिसोर्टहरूमार्फत प्रष्टै देख्न सकिन्छ । लामो समयदेखिको हिंसा र द्वन्द्वको चपेटामा परेका धेरै विशेष महत्वका परियोजनाहरु पछिल्लो समय कोरोना महामारीको मारमा परेका थिए । अहिले सबै परियोजनाहरु कार्यान्वयन तीव्र गति र दृढताका साथ अघि बढिरहेका छन् । यी परियोजनाहरुले विकटका ग्रामिण बस्तीलाई निकट बनाउँदै मुलधारमा ल्याउन भूमिका निर्वाह गर्नेछन् ।
निकट अथवा मुलधारमा रहेका उत्कृष्ट अवसरसँग लाखौं मानिसहरुलाई जोड्न र उनीहरुको समृद्धि भविष्यसँगै काश्मीरको मुहार फेर्न भूमिका खेल्नेछन् । यतिमात्र नभई पर्यटक र उद्यमीहरुको गन्तव्यको रुपमा विकास गर्नसमेत मद्दत पुर्याउनेछन् । शाब्दिकरुपमा भन्दा काश्मीरको पुनर्जन्मको सुरुआत भएको छ । श्रीनगरमा बनिरहेको अत्याधुनिक चिकित्सा सुविधासहितको लाल डेड प्रसूति अस्पतालको निर्माणमा भइरहेको प्रगति यस क्षेत्रको एक अब्बल उदाहरण हो । यो परियोजनाको लागत अनुमान १३२ करोड रहेको छ ।
यसले सयौं हजार महिला र बालबालिकाहरु लाभान्वित हुनेछन् । गाइनो र शिशु स्याहरको एक विशेष अस्पतालको रुपमा यसको विकास हुनेछ । यस अस्पतालको मुख्य विशेषता भनेको अत्याधुनिक सुविधासहितका ८२ बिरामी बेड, ४९ फ्लोटिङ बेड, ६ मोडुलर ओली, तीनवटा वार्ड रहेका छन् । नयाँ सडक र पुलहरु काश्मीरको पछिल्लो अवस्था चित्रण गर्ने नयाँ तस्बिरहरु हुन् । प्राथमिकताका आधारमा सातवटा मुख्य परियोजनाहरुको काम सुरु भइसकेको छ । जम्मु क्षेत्रमा तीवटा पुलहरु बन्दै छन् भने १६० करोडभन्दा बढीको विकास परियोजनाहरु अघि बढिरहेका छन् । जसलाई विश्व बैंकले सहयोग गरिरहेको छ ।
उत्तरी काश्मीरमा ६ करोडभन्दा बढी लगानीमा बनिरहेको गोजीदाजी पुलले सोपोर-तारजू-नाइदखाइदेखि सुम्बर बन्दीपुरलाई जड्ने छ । यस कनेक्टिभिटीभार्फत करिब ३० हजार मानसहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्मुला जिल्लाको अम्बेरपोरा हरितार सडको स्तरोन्नतीको काम भइरहेको छ । ८ करोड तीन लाखको लागतमा स्तरोन्नती भइरहेको यस सडकबाट ६० हजार मानिसहरु लाभान्वित हुनेछन् ।
दक्षिणी काश्मीरमा ९ करोड २२ लाखको निर्माण कार्य भइरहेको छ । त्यहाँ सरकारी डिग्री कलेजको पुनर्संरचनाको काम चलिरहेको छ । त्यसैगरी हलमुला-पाँचपोरा कराकोड सडकको स्तरोन्नतीका लागि पनि ४ करोड ९८ लाख विनियोजन गरिएको छ । विभिन्न परियोजनाहरुमा समुदायको सहभागीता गराउँदै सिपयुक्त र सिप नभएका जनशक्तिहरुका लागि रोजगारीको अवसर पनि खुलेको छ । सिंगो राज्यले नै सबै ठूला र साना सडकहरूमा भइरहेको युद्धस्तरको कामको गतिलाई देखिरहेको छ । यी सडकहरुको लम्बाई करिब ११ हजार किलोमिटर रहेको छ ।
त्यसैगरी जम्मु क्षेत्रमा पनि यसैगरी निमार्ण कार्यले तीव्रता पाएको छ । १८.२९ किलोमिठर सिध्रा-सुरिनसार सडक, ११ किलोमिटर लामो तुतन दी खुइदेखि खाडा-मादना सडक, १० किलोमिटरको मालिनी चक्रवर्ती सडक, १०.१५ किलोमिटरको चिरला लिंक रोडको काम भइरहेको छ । २७ किलोमिटरको गुलाटीदेखि गाम्बीर गली हुँदै सिध्रा सरिफसम्मको सडक, ५ किलोमिटर लामो देबीमाई देखि ओहली सडक र ४.२५ किलोमिटरको अनजी-पन्सा सडकहरुको निर्णमा कार्य भइरहेको स्थानीयहरुले देखिरहेका छन् ।
यससँगै चारवटा महत्वपूर्ण पुल परियोजनाहरुमा जम्मु डिभिजनमा बनेक्रममा छन् । अन्य विभिन्न महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य भइरहेको छ । जसले स्थानीयलाई प्रत्यक्ष लाभ दिनेछ । जसअन्तर्गत १२.५ करोडको कम्पोजिट मार्केटको भवन निर्माण कार्य भइरहेको छ । उक्त भवन सरकारी सिल्क फ्याक्ट्री रहेको श्रीनगरको राजबागमा बनिरहेको छ । परम्परागत कलात्मक डिजाइनमा बन्ने यस भवनमा परम्परागत निर्माण सामग्रीहरु जस्तै द्रेवी ढुंगाको प्रयोग गरिने छ । यस भवनमा अत्याधुनिक उपकरणजडित हुनेछ । करिब दुई करोडको लगानीमा बन्ने यस भवनमा उन प्रोशधनको काम हुनेछ । परम्परागत हस्तशिल्पसँग सम्बन्धित कारीगरहरूको सीपको स्तरोन्नतीका लागि पनि विभिन्न प्रयासहरु भइरहेका छन् ।
नूरबाग र जादिबलमा दुईवटा १२५० हस्तशिल्पहरुलाई रोजगारि दिने गरी नयाँ कारखानाहरु बन्नेक्रममा छन् । ती क्षेत्रहरुमा सामग्रीको उत्पादन, नविनतम डिजाइन, रंगको प्रकृति, व्यवस्थापकीय तालिम र बजार प्रबर्दधनको विकाससम्बन्धी कामहरु गराइनेछन् । त्यसैगरी दुईवटा हस्तशिल्प कलस्टहरु बन्दीपूरा र गान्देरबल जिल्लामा पनि स्थापना गरिनेछन् । यस्ता परियोजनाहरुले स्थानीय युवाहरुलाई सिपसँगै रोजगारीको अवसर प्रदान गर्नेछन् । जसले यसअघि नदेखिएको, नसोचिएको र कल्पना नगरिएको काश्मीरको नविनतम् रुपान्तरण हुनेछ ।