News अपराध सुरक्षा ताजा खबर समाज देश प्रदेश २

पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

वारा– पत्रकार बिरेन्द्र साहको अपहरण तथा हत्यमा संलग्न मुख्य अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

बारा कोल्हवी नगरपालिका–४ सपही टोलवाट उनलाई पक्राउ गरिएको हो । पत्राकार साहको हत्यापछि फरार रहेका कुर्मी बारा जिल्लाको विभिन्न स्थानमा लुकिछिपी वस्ने गरेको सुचना र प्राविधिक अनुसन्धानपछि विहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०६४ असोज १८ गते बाराको इनर्वासिरा– ८ का पत्रकार साहलाई कुर्मिसहितको समुहले अपहरण गरी गोली हानेर हत्या गरेको प्रहरीको भनाई छ । मृतक साहको शव वाराको डुमरवाना –७ स्थित जंगलमा खाल्टो खनि गाडेको अवस्थामा २०६४ कात्तिक २२ गते फेला परेको थियो ।

अपहरण र हत्यामा संलग्नहरुको पहिचान र केहिलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । जसमध्ये बाराको ईनर्वासिरा–९ का मनेजर गिरीलाई २०६५ असोज १९ गते र खोपवा–८ का राम एकवाल सहनीलाई २०६५ पुष २१ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको हकममा अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ ।

यसैगरी, बाराको गडहल–५ का कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई बारा जिल्ला अदालतको २०७६ फागुन २९ गतेको निर्णय अनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

बारा जिल्ला अदालतको २०६८ जेठ १६, पुनरावेदन अदालत हेटौडाको २०६९ साउन १६ र सर्वोच्च अदालतको २०७३ पुष २० गतेको फैसला अनुसार हरेरामको मुद्दा मुल्तविमा राखिएको थियो । 
 

विशेष