सप्तरीमा एसपी र डिएसपी सहित १७ जनालाई कोरोना पुष्टि
सप्तरी– जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपी सहित विविवार १७ जनालाई कोरोना पुष्टि भएको छ ।
एसपी र डिएसपी दुवै जनाले वुधवार स्वाव परिक्षणका लागि दिएका थिए । ४४ वर्षिय एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन् भने डिएसपी घर जाने तयारीमा थिए ।
‘घर जानका लागि परिक्षण गराएको थिए, रिपोर्ट पोजेटिभ आयो’ आश्चर्य ब्यक्त गर्दै उनले भने–‘कुनै लक्षण पनि छैन, समस्या पनि छैन।’
योसहित सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ५४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत सप्तरी अन्तर्गत १९ र प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत ३५ प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।
कारागारका २ सुरक्षा गार्डसहित ११ लाई संक्रमण
सप्तरी जिल्ला कारागाराका ९ जना कैदीवन्दि र २ जना सुरक्षा गार्डलाई संक्रमण पुष्टि भएको छ ।
कारागारका ३५ र २४ वर्षीय प्रहरी तथा ४९, ६२, ३२, २५, २४, ६४, २५, ४०, २५ कैदीवन्दिलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो सहित कारागारमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालका एक नर्सिङ्ग स्टाफ र एक जना स्विपरलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यस्तै राजविराज ३ का १ र वडा नं. ६ का एक जना पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको छ। ६८२ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।