अर्थ बैंकिङ News ताजा खबर समाज

सेवाग्राहीलाई कामना सेवा विकास वैंकको सुचना–‘पैसा सकिएकोले बन्द गरिएको छ, कस्ट नगर्नुहोला’

सेवाग्राहीलाई कामना सेवा विकास वैंकको सुचना–‘पैसा सकिएकोले बन्द गरिएको छ, कस्ट नगर्नुहोला’

वढ्दो कोरोना संक्रमण न्युनिकरण गर्न वैंक तथा वित्तिय संस्थाले एटिएम र मोवायल वैंकिङ्गलाई प्रोत्साहन गरिरहेका छन् ।

कार्यालयमा भिडभाड वढि हुने र संक्रमण वढ्ने खतरा रहेकाले छिटो र सजिलो माद्यम प्रयोग गर्न उनीहरुको सुझाव छ। सरकार र वैंकको सुझाव अनुसार नै सर्वसाधारणले वैंकमा भिड लगाउने भन्दा एटिएम र मोवायल वैकिङ्गलाई नै कारोवारको माद्यम वनाउन थालेका छन् ।

पछिल्ला केहि तथ्यांकले समेत मोवायल वैकिङ्ग र एटिममा सर्वसाधारणको पहुँच वृद्धि भएको देखाएको छ । यहि तथ्यालाई मनन् गरी राष्ट्र वैकले पनि मातहतका वैंक तथा वित्तिय संस्थालाई एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको छ ।

तर, वैंक तथा वित्तिय संस्थाले भने राष्ट्र वैंकको निर्देशनलाई वेवास्ता गर्ने गरेको पाईएको छ । गत भदौ २३ गते कामना सेवा विकास वैंकाको निजगड शाखामा देखिएको एउटा सुचना यसको उदाहरण हो। वैंकहरु सेवाग्राही प्रति कत्तिको जिम्मेवार र जवाहदेखि छन् भन्ने कुरा वुझन यो सुचना पर्याप्छ ।

वैंकको एटिएम मेसिन अगाडि टाँसिएको सुचनामा भनिएको छ–‘पैसा सकिएकोले बन्द गरिएको छ, कस्ट न गर्नुहोला धन्यबाद।’

वैंकहरुको सेवाग्राही प्रतिको गैजिम्मेवारी दर्शाउने यो सुचना उदाहरण मात्र हो । यस्ता अनगिन्ति घट्नाहरु छन्। त्यसको वारेमा सोध्ने खोज्ने कोहि छैन । सर्वसाधारणले समेत यसलाई सामान्य रुपमा स्विकारी रहेका छन् । अधिकांश एटिएम मेसिमा पैसा नहुने र भएपनि मेसिन विग्रेर पैसा निकाल्नै नसक्ने अवस्था रहेको स्थानीयहरु गुनासो गर्छन ।

कतिपय वैंकहरुले प्राविधिक समस्या देखाएर पनि ग्राहकलाई दुःख दिने गरेका छन् । एटिएमवाट रकम निकाल्दा रकम नआउने तर, खातावाट रकम घट्ने समस्या पनि वैंकहरुमा देखिएको उनिहरुले वताए । यस्तो समस्या आउँदा वैंकहरुले उल्टै निवेदन माग गर्ने र महिनौसम्म सर्वसाधारणलाई झुलाएर राख्ने गरेको उनीहरुको गुनासो छ ।

एटिएममा देखिएका यस्ता समस्याले वैंक प्रति सर्वसाधारणमा वन्दै गएको विस्वास समेत घटने खतरा रहेको उनीहरुको वुझाई छ । ‘समयमा काम लाग्ला भनेर वैंकमा पैसा जम्मा गर्यो, तर जुन वेला अखच पर्छ त्यहि वेला चलाउन पाईएन’ एटिएम कार्ड वोकेर वसेका स्थानीय एक युवाले भने–‘यो भन्दा त हाम्रा पुर्खाले अपनाएको उपाय नै सहि थियो, यस्तै हो भने अव वाँसका ढुङ्ग्रामा पैसा राख्ने दिन नआउला भन्न सकिन्न ।’

(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)

विशेष