News बैंकिङ स्वास्थ्य

नविल वैंकका सुरक्षा गार्डको मृत्यु कोरोनाले भएको पुष्टि

नविल वैंकका सुरक्षा गार्डको मृत्यु कोरोनाले भएको पुष्टि

पोखराको सभागृह स्थित नविल वैंक लिमिटेडका सुरक्षा गार्डको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु पस्चात उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

कोरोना रिपोर्ट पोजेटिभ आएपनि उनी अन्य रोगले पीडित रहेको जनाईएको छ ।

मृतक सुरक्षा गार्डलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्क र भेटघाटमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग सुरु भएको छ भने केहिलाई क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

विशेष