गार्हो पर्दा काम नलाग्ने साथि एनआइसी एसिया
सामान्यतया सर्वसाधारण नागरिकले सहजता र सुरक्षाका हिसावले वैंकलाई प्रयोग गर्छन । गाह्रो–साह्रो पर्दा सरक्क निकाल्न सकिने र सुरक्षा पनि हुने भएकाले वैंकमा पैसा जम्मा गर्ने चलन वढ्दै गएको छ। वैंक प्रति नागरिकको भरोसा वढ्दै पनि गएको छ।
वैंकले पनि वैंकीङ्ग सेवामा ग्राहकको सहज पहुँच पुर्याउन आफना सेवाहरु विस्तार गरिरहेका छन्। एकपछि अर्को गर्दै थपिएका सुविधा हेर्दा वैंकहरुमा सेवा विस्तारको प्रतिस्पर्धा नै चलेको छ । एटिएम, मोवायल वैंकिङ्ग लगायतका सुविधालाई अव सामान्य रुपमा हेर्न थालिएको छ ।
स्पष्ट भन्नु पर्दा हरेक वैंकले अहिले आफुलाई सेवामुखि र ग्राहकमैत्री संस्थामा पनि अग्रणी संस्थाको रुपमा दावी गरिरेहका छन् । यसै अर्थमा हुन सक्छ– एनआईसी एसिया वैंकले त आफनो स्लोगनमै ‘वैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै प्रचार गरिरहेको छ।
पछिल्लो समय कोरोना संक्रमणको जोखिम वढेपछि नागरिकहरु वैंकप्रति अझ वढि भर पर्नु पर्ने अवस्था छ। यसको अर्थ वैंकहरु अझ जिम्मेवार र सेवाग्राहीप्रति अझ वढि जवाफदेहि हुनुपर्ने प्रष्ट छ। वैंकका कार्यालयहरु वन्द भएको अवस्थामा एटिएम र मोवाईल वैंकिङ्ग लगायतका सेवालाई अझ वढि चुस्त र दुरुस्त वनाउनु पर्ने कुरामा कुनै द्विविधा छैन।
तर, वैंकहरुको सेवा हेर्दा त्यस्तो पटक्कै लाग्दैन। वैंकका सुविधा संख्यामा मात्रै वढेका छन्, सेवा दिने कुरामा अहिले पनि गैरजिम्मेवारी यथावत छ। ‘वैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै प्रचार गरिरहेको वैंकका अधिकांश एटिएम मेसिन विग्रिएका छन्, सर्वसाधारणले एटिएम प्रयोग गरेर पैसा निकाल्नै सक्दैनन् । यति मात्रै होईन, कतिपय एटिएम मेसिनमा पैसा समेत नहुँदा सर्वसाधारणले दुःख पाउने गरेको गुनासो वढ्दै गएको छ ।
गत भदौ २३ गते एक ब्यक्ति झापाबाट काठमाडौँ जादै थिए। निजगडमा उनको गाडिमा समस्या आयो। मर्मत गर्नु पर्ने अवस्था आयो। वजार/पसल सबै बन्द थिए। खल्तीमा पर्याप्त पैसा नभएपनि एटिएम वोकेका कारण उनी तातो घाममा वैंक खोज्दै हिडे। करिव २० मिनेट हिडेपछि एनआइसी एसिया वैंकको कार्यालय भेटियो। ‘ठुलो अक्षरमा बैंक पनि साथी पनि लेखेको वोर्ड टाढैवाट देखियो’ उनी भन्छन्–‘मन खुसि भयो। आफैले घोषणा गरेको साथीलाइ भेट्दा मन खुसि न हुने कुरा थिएन।’
तर, उनको यो खुसी धेरै बेर टिकेन। एटिएमबाट पैसा निस्केन। उनको मनमा अहिले पनि लागेको कुरा के हो भने –‘गार्हो–साह्रो पर्दा काम लाग्ने साथि एनआइसी एसिया होईन रहेछ।’ उनीमात्र होईन, अन्य सेबाग्राहीहरु पनि वैंकको गैरजिम्मेवारीपुर्ण कार्यले आक्रोसित थिए। तर, नत उनीहरुसँग विकल्प थियो नत समस्या समाधानको उपाय ।
एनआईसीमा पैसा ननिस्किएपछि उनी अर्को वैंकको चाहारीमा निस्किए। कामना विकास बैंक फेला प¥यो । तर, अवस्था भने उस्तै। एटिएमको अगाडि सुचना थियोः पैसा सकिएकोले बन्द गरिएको छ, कस्ट न गर्नुहोला धन्यबाद। दुई वटा वैंक घुमेपछि जसोजसो उनले आफनो काम त चलाए तर वैंकप्रतिको उनको विस्वास गुमेको छ । उनी भन्छन्–‘वैंकमा पैसा जम्मा छ भनेर ढुक्क हुन नहुने रहेछ।’
कोरोनाको संक्रमण सुरु भएपछि राष्ट्र बैंकले एटिएममा पर्याप्त पैसा राख्न सवै वैंकलाई दिएको निर्देशन दिएको छ । तर, निर्देशनको ठाडो उलंघन हुँदा समेत निमयमनकारी निकाय चुप लागेर वसेका छन् । यसले नागरिकमा वैंकप्रतिको विस्वास घटाएको छ ।
(एनआइसी एसिया साथी होइन ठग बैंक हो भन्ने गुनासो धेरै छ। यसले झुटो बिज्ञापन गर्ने, ग्राहकहरुलाइ ठग्ने, भ्रम छर्ने, नियमक संस्थाका भ्रस्ट कर्मचारीहरुलाइ प्रभाबमा पारेर सुचना लुकाउने, कागज पत्र/प्रकिया नपुर्याई कर्जा दिने, ग्राहकहरुलाई झुक्याएर महँगो ब्याज असुल्ने लगायतका आरोप लाग्ने गरेको छ। यतिमात्रै होईन आफ्ना कर्मचारीहरुलाई सोसण गर्नेसम्मको आरोप एनआईसी एसियामाथि छ। हामी तथ्य सहित फलोअपमा आउने छौ।)
(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)