News ताजा खबर राजनीति

जनयुद्धका नायक प्रचण्डद्वारा ‘जनयूद्ध’ शब्द नै गायब

जनयुद्धका नायक प्रचण्डद्वारा ‘जनयूद्ध’ शब्द नै गायब

माओवादी आन्दोलनको इतिहास, त्याग र बलिदानलाई नामेट पारेर सत्ता स्वार्थका लागि एमालेमा पार्टी विलय गराएको आरोप खेपीरहेका प्रचण्डलाई ‘जनयुद्ध’ नै गायव वनाएको अर्को आरोप लागेको छ।
 
भदौ २६ गते सम्पन्न नेकपाको स्थायी कमिटी वैठकमा प्रश्तुत प्रश्ताव मार्फत प्रचण्डले ‘जनयुद्ध’ शब्द मात्र नभएर त्यसको भावना र मर्म समेत समाप्त पारेको एक थरीको आरोप छ। यसअघि प्रचण्डमाथि माओवादी पार्टीलाई एमालेमा विलय गराएको आरोप लाग्दै आएको थियो । माओवादी जनयुद्धका प्रभावशाली कमाण्डर तथा सोहि पार्टीवाट नेपालको प्रधानमन्त्री समेत वनेका डा. वावुराम भट्टराईले नै ‘माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको’ आरोप लगाएका थिए।

माओवादी जनयुद्धको नायक कहलिएका र सोहि कारण विश्वको नजरमा परेका प्रचण्डले सत्ता स्वार्थकै लागि फेरी पनि अर्को गल्ति गरेको र जनयुद्धलाई गायव वनाएको चर्चा सुरु भएको छ । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा १५ पेजको प्रश्ताव प्रस्तुत गरेका थिए । वैठकले उक्त प्रश्ताव पास गरेको छ ।

१५ वुँदे उक्त प्रश्तावको कुनै पनि वुँदामा जनयुद्ध भन्ने शब्द उल्लेख छैन । वुँदा नं. १३ मा उल्लेख भएको ‘शान्ति प्रकृयाका वाँकी काम सम्पन्न गर्ने’ प्रश्तावमा समेत जनयुद्ध शब्दको उल्लेख गरिएको छैन। जनयुद्धको ठाउँमा सशस्त्र द्वन्द्व र आन्दोलन भन्ने शब्द प्रयोग गरिएको छ । 

१५ पेज लामो प्रश्तावमा कतै पनि जनयुद्द भन्ने शब्द प्रयोग नहुनु तर त्यसलाई प्रतिस्थापन गर्ने शब्दहरु सशस्त्र द्वन्द्व र आन्दोलन भनी प्रयोग हुनुले जानेरै जनयुद्धको अवमुल्यन गरिएको आम नागरिककको वुझाई छ ।

नेकपा माओबादीले राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि भन्दै २०५२ फागुन १ देखि जनयुद्ध सुरु गरेको थियो । २०६३ चैतमा सरकारसँग भएको बृहत शान्ति सम्झौतापछि माओवदी शान्तिपुर्ण राजनितिमा आएको थियो ।

दश बर्षे यस जनयुद्धमा करिव १७ हजार नागरिकको ज्यान गुमाएका थिए । 

विशेष