News

जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

जापानमा  ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समयअनुसार विहान ११ः४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । 

भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । 

अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । 

एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।
(रासस/सिन्ह्वा)

विशेष