News

मोरङ्गमा थप एक कोरोना संक्रमितको मृत्यु

मोरङ्गमा थप एक कोरोना संक्रमितको मृत्यु

मोरङ्गमा शनिवार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड–१९ अस्पताल विराटनगरमा उपचाररत् विराटनगर–८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २२ गते उनलार्य कोभिड अस्पताल ल्याइएको थियो। सोही दिन पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

उनी सुगर र ब्लडप्रेसरका बिरामी थिए । 

योसहित विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ।

विशेष