तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको निधन
तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाण्डौं स्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ती महिलामा मुटुसम्बन्धी समस्या थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौँ लगिएको जनाइएको थियो । यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।
(रासस)