तिलाठि कोईलाडिका वाढि प्रभावित वालवालिकालाई गाउँपालिकाको राहत
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित ५ बर्षमुनीका बालबालिकाहरुलाई राहत रकम वितरण गर्न थालेको छ ।
गाउँपालिकाको वडा नं. १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई प्रति ब्यक्ति ५ हजारका दरले राहत उपलब्ध गराएर आईतवार उक्त कार्यक्रमको थालनि गरिएको हो । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले वालवालिका र तिनका अभिभावकलाई रकम वितरण गरे।
अध्यक्ष सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गरेका छन्।
तिलाठिमा खाँडो खोलाको बाढीका कारण बेल्ही पटकपटक प्रभावित बन्दै आएको छ भने महुली, जिता र कोशी नदीको सिपेजका कारण वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइन प्रभावित बन्दै आएको छ ।
कोइलाडी र को. बर्साइनको बाढी प्रभावित क्षेत्रका समेत गरी कुल १ सय २ जना वालवालिकालाई राहत वितरणको कार्यक्रम रहेको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए।