२४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण, १ हजार १ सय ७३ जना संक्रमण मुक्त
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमित मध्ये ३ सय ४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ७३ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । हाल १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आईतवार काठमाडौं उपत्यकाका तिन जिल्लामा मात्रै ५९७ जनामा संक्रमि थपिएका छन्, यस्तै नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४र१४ जना तथा नुवाकोटका ९ जना, मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७र२७ जना, सर्लाही २२ जनामा संक्रमण पुष्टि भएको छ ।
खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जना, नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, मा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।