महोत्तरीमा कारोना संक्रमणवाट वृद्धको मृत्यु
महोत्तरीमा कारोना संक्रमणका कारण आईतवार एक वृद्धको मृत्यु भएको छ।
लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
ज्वरो र सास फेर्न कठिनाइ भएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । भदौ २२ गते भर्ना भएको उनको बिहान ८ बजेतिर मृत्यु भएको स्वास्थ्य निर्देशनालयका जनकपुरले जानकारी दिएको छ ।
उनी उच्च रक्तचापका बिरामी रहेका उनको भदौ २४ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।