News

कोरोनाका कारण विराटनगरका वृद्धको मृत्यु

कोरोनाका कारण विराटनगरका वृद्धको मृत्यु

कारोना संक्रमणका कारण विराटनगरका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । मोरङको विराटनगर उपमहानगरपालिका १२ बस्ने ती पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई भदौ १७ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाई भएपछि प्रादेशिक प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो प्रतिष्ठानले जनाएको छ।

उच्च रक्तचापका बिरामी रहेका ती पुरुषलाई प्रतिष्ठानको कोभिड अस्पतालको आईसीयुमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जनाईएको छ ।

विशेष